ग्याँस सहज कहिले ?

शुक्रबार, ०७ चैत्र २०७६, ०७ : २४
ग्याँस सहज कहिले ?

file photo

काठमाडौं ।  सरकारले बजारमा पर्याप्त ग्याँस छ भनेर दाबी गर्दै आए पनि उपभोक्ताले सहजै ग्याँस खरिद गर्न पाएका छैनन् । एउटा ग्याँस सिलिन्डरका लागि एक सातासम्म लाइन बस्नुपर्ने अवस्था छ ।

निगमले मासिक ३८ हजार मेट्रिक टन ग्याँस आयात गर्दै आएकामा पछिल्ला दुई सातामा २५ हजार ६ सय ४९ मेट्रिक टन ग्याँस आयात गरेको छ । बजारमा ग्याँसको माग बढेपछि आपूर्ति सहज कोटा बढाएर ४५ हजार पुर्याइएको छ । निगमले बजारमा आपूर्ति सहज गर्न १६ दिनमा मात्र १८ लाख ६ हजार २ सय २ वटा सिलिन्डर बजारमा पठाएको छ ।

तर, उपभोक्ताले ग्याँस सहजै पाउन सकेका छैनन् । व्यापारीले कालोबजारी गर्न थालेपछि पर्याप्त ग्याँस हुदाँ हुँदै पनि उपभोक्ताले सहज रुपमा ग्याँस नपाएको राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले बताए । यो समाचार आजको राजधानी दैनिकमा छ।