काठमाडौं । सरकारले बजारमा पर्याप्त ग्याँस छ भनेर दाबी गर्दै आए पनि उपभोक्ताले सहजै ग्याँस खरिद गर्न पाएका छैनन् । एउटा ग्याँस सिलिन्डरका लागि एक सातासम्म लाइन बस्नुपर्ने अवस्था छ ।
निगमले मासिक ३८ हजार मेट्रिक टन ग्याँस आयात गर्दै आएकामा पछिल्ला दुई सातामा २५ हजार ६ सय ४९ मेट्रिक टन ग्याँस आयात गरेको छ । बजारमा ग्याँसको माग बढेपछि आपूर्ति सहज कोटा बढाएर ४५ हजार पुर्याइएको छ । निगमले बजारमा आपूर्ति सहज गर्न १६ दिनमा मात्र १८ लाख ६ हजार २ सय २ वटा सिलिन्डर बजारमा पठाएको छ ।
तर, उपभोक्ताले ग्याँस सहजै पाउन सकेका छैनन् । व्यापारीले कालोबजारी गर्न थालेपछि पर्याप्त ग्याँस हुदाँ हुँदै पनि उपभोक्ताले सहज रुपमा ग्याँस नपाएको राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले बताए । यो समाचार आजको राजधानी दैनिकमा छ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भारतमा एलपी ग्यासको मूल्य फेरि बढ्यो
भारतमा कमर्सियल ग्यास सिलिन्डरको मूल्यवृद्धि
आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै