अन्य मुलुकहरु कोरोना विरुद्ध कसरी लड्नेमा केन्द्रित भईरहदा चीन विश्वमै शक्तिशाली बन्ने होडमा

विहीबार, ०६ चैत्र २०७६, २२ : ५५
अन्य मुलुकहरु कोरोना विरुद्ध कसरी लड्नेमा केन्द्रित भईरहदा चीन विश्वमै शक्तिशाली बन्ने होडमा

एजेन्सी । कोरोना भाइरसको संक्रमण चीनबाट शुरु भएर अहिले सबै भन्दा संक्रमण दर ह्वात्तै घटेको छ । अन्य देशहरु यसको महामारी विरुद्ध कसरी लड्ने भन्ने बहस गरिरहदा चीन अहिले आर्थिक फड्को कसरी मार्ने तर्फ केन्द्रित भएको छ ।

चीनमा कोरोना भाइरसको प्रकोप फैलिँदै गर्दा त्यहाँका राष्ट्रपति सी जिन पिङले एक सम्बोधनको क्रममा भनेका थिए( हामीले अनुमान गरे झैँ चीनमाथि ठूलो  आक्रमण भएको छ। सबै चिनियाँ जनता एक भएर यस विरुद्ध लड्नुपर्छ।ु राष्ट्रपतिको यो भनाई त्यसैबेला पनि अर्थपूर्ण मानिएको थियो।

यसबाहेक, उनले सो भाइरसलाई भूत र सैतानुको रूपमा वर्णन गरे। राष्ट्रपति सी एक कन्फ्यूशियनिस्ट हुन् । त्यसैले उनी अलौकिक शक्तिमाथि विश्वास गर्दैनन्। यो प्रसङ्ग किन उठाइएको हो भने चिनियाँ सांस्कृतिक परिप्रेक्ष्य भूतको अर्थ  ूविदेशी सैतानू हो। चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले  अमेरिकी सेनाले नै वुहानमा महामारी ल्याएकोू ट्वीट गरेपछि सी ले भनेको सैतानु शब्दको अर्थ खुलेको छ।

झाओ लिजियानले अक्टोबर २०१९ मा वुहानमा भएका सैन्य अभ्यासहरूमा अमेरिकी सेनाको प्रतिनिधिमण्डल सामेल विषयलाई अघि सार्दै अमेरिका तिर दोष पन्साएका थिए। हुन पनि अहिले अमेरिकामा यसको ठूलो प्रभाव छ र ११३ जनाको ज्यान लिइसकेको छ।  त्यसो त चिनियाँहरू यो भाइरस पहिले अमेरिकामा फैलिएर पछि मात्र चीनमा आएको बरु चीनमा पहिचान भएको र अमेरिकाले यसको पहिचान नै गर्न नसकेको समेत भन्न थालेका छन्।

इरान र इटालीमा कोरोना भाइरसको जिनमा देखिएको भिन्नताले यस्ता प्रश्नलाई थप बलियो बनाएको छ। यसबारे चीनका सञ्चार माध्यमहरूले खुला रूपमा प्रश्नहरू सोधिरहेका छन्। यसबाहेक मानिसहरूले गएको न्यूयोर्कमा भएको इभेन्ट २०१ किन आयोजना गरिएको थियो भन्ने पनि प्रश्न गर्दै छन्। कुनै कारण बिना एक घातक भाइरसको कारण हुने विश्वव्यापी महामारीको लागि सो पूर्वाभ्यास किन गरियो रु वुहान्मा कोरोना देखिनु भन्दा ठिक एक महिना अघिमात्र यस्तो कार्यक्रमको आयोजना हुनु के संयोग मात्र होला रु धेरैले यसको जवाफ खोजिरहेका छन्।

त्यतिमात्र होइन इभेन्ट २०१ बिल र मेलिंडा गेट्स फाउन्डेसन, विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ), सीआईए, ब्लूमबर्ग, जोन हप्किन्स फाउन्डेसन र संयुक्त राष्ट्र सङ्घ द्वारा प्रायोजित गरिएको थियो। अनि त्यो कार्यक्रम ठिक त्यही दिन सुरु भयो जुन दिन वुहानमा विश्व सैन्य खेलहरू खेल्न सुरु गरिएको थियो।

एक पटक बेइजिङले कोरोना भाइरसलाई बायो हतियारको आक्रमणको रूपमा पहिचान गरेपछि ूजनयुद्धू मार्फत त्यसलाई परास्त गरेको छ। तुरुन्तै बेइज्गिले एयर चाइनाको उडानमा २३०० ठूला बक्सहरूसहित इटलीमा सामग्री पठाएको थियो।  मास्कले भरिएका ती बाकसमा लेखिएको थियो, हामी एकै समुद्रका छालहरू, एउटै रूखका पातहरू र उही बगैँचाबाट फूलहरू। चीनले इरानमा पनि ठूलो मानवीय प्याकेज पठाएको थियो आठवटा उडान मार्फत।  र उल्लेखनीय यो छ कि त्यो क्रममा अमेरिकाले इरानलाई लगाएको एकपक्षीय प्रतिबन्धको बेवास्था गरिएको थियो ।

यी सबै कुराले पुष्टि गर्ने कुरा यो हो कि अब विश्व राजनीतिमा शक्ति सन्तुलन बदलिसकेको छ।  चीनले एक सक्षम राष्ट्रको रूपमा आफूलाई स्थापित गरेको छ भने अमेरिका लगायतका शक्तिहरू मानवीय संवेदना समेत गुमाएको अवस्थामा छन्।  (एजेन्सी)