एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का कार्यकारी निर्देशक टेडरोस अधानोम घिब्रीएससले कसैले पनि आफ्नो देशमा कोरोना भाइरस लाग्दैन भन्ने सोच राख्नु गम्भीर गल्ती हुने बताएका छन् ।
विश्वका विकसित वा धनी वा कुनै पनि स्त्याट्स भएका देशले अरु देशमा कोरोना भाइरस लाग्यो तर हाम्रोमा लाग्दैन भन्ने सोच राखेका छन भने त्यो उनीहरुको लागि गम्भीर गल्ती हुने उनले बताएका छन् ।
इरानको आपतकालीन कार्यक्रममा बोल्ने क्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का कार्यकारी निर्देशक घिब्रीएससले भने, 'कोरोना भाइरसले चाइना पछि सबैभन्दा बढी प्रभावित भएको मुलुकमा इरान देखिएको छ, जुन यहाँका मान्छेको बुझाई भन्दा धेरै फरक छ। कुनै पनि देशले कोरोना भाइरसको केश देखिदैन भनेर सोच राख्नु घातक हुनेछ।'
उनले इटाली र अन्य जी सेभेन मुलुकको उदाहरण दिंदै अन्य देशहरुमा समेत आश्चर्यजनक रुपमा कोरोना भाइरस फैलन सक्ने बताए। उनले नेपालको नाम नलिई नेपाल जस्ता देशहरुले आफ्नो देशमा कोरोना भाइरस देखिदैन भन्ने सोच राख्नु भयंकर ठुलो गल्ति हुने र यसको क्षति अकल्पनीय हुने बताएका छन् ।
अहिले इरान, इटाली र दक्षिण कोरियामा कोरोनाको प्रभाव धेरै देखिएपनि अन्य देशहरुमा समेत यस्तै हुन् सक्ने कुरालाई नकार्न नसकिने भएकाले सबै देशले सक्दो तयारि गर्न अपिल गरेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गत जनवरी ३० मा नै कोरोना भाइरस संक्रमणलाई अन्तर्राष्ट्रिय आपतकाल संकटकाल घोषणा गरिसकेको छ। डब्लुएचओले विश्वका बिभिन्न देशहरुलाई कोरोना भाइरस परिक्षण तथा क्यारेन्टाईन को व्यवस्था गर्न तथा जनचेतना फैलाउन अपिल समेत गरेको छ। डब्लुएचओका महानिर्देशक घिब्रीएससले यो समय डराएर बस्ने नभई सक्रमणबाट बच्न र मानिसको जीवन बचाउन काम गर्ने बेला भएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०५ चैत्र २०७६, १४ : ०३
लेखकबाट थप