देवघाट गाउँपालिकामा उद्यमशील तालिम सम्पन्न

मंगलबार, ०४ चैत्र २०७६, १७ : ०६
देवघाट गाउँपालिकामा उद्यमशील तालिम सम्पन्न

– आशिक राना

तनहुँ । देवघाट गाउँपालिकाको आयोजना तथा उद्योग वाणिज्य संघ चितवनको प्राविधिक सहयोगमा यहि चैत २ गतेबाट सुरु भएको उद्यमशिलता बिकास तालिम आज एक कार्यक्रमबीच सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका कार्यालयका प्रशासकीय अधिकृत रमेश सुवेदीले देवघाट गाउँपालिका भित्रका व्यावसायिक गर्ने इच्छुक  युवाहारुलाई लक्षित गरि  व्यबसायिक बनाउने उद्देश्यको साथ कार्यक्रम गरेको उहाले बताउनु भएको थियो। सो कार्यक्रममा  बोल्दै सुवेदीले तालीममा सहभागी प्रशिक्षक र सम्पुर्ण प्रशिक्षर्थिहरुलाई धन्यवाद दिनु भएको थियो। साथै  प्रशिक्षर्थिहरुलाई व्यवसायिक क्षेत्रमा अगाडी बढ्न आग्रह गर्दै व्यावसायिक गर्न इच्छुक व्यवसायीहरुलाई गाउँपालिकाले सक्ने सहयोग गर्ने समेत  बताउनु भएको थियो।

कार्यक्रममा उद्यमशीलता बिकास तालिममा सहभागी ४६ जना प्रशिक्षर्थिहरुलाई कार्यक्रमका प्रमुख अतिथि  देवघाट गाउँपालिका कार्यालयका प्रशासकीय अधिकृत रमेश सुवेदी र कार्यक्रमका सभापति देवघाट वडा नम्बर ५ का वडा अध्यक्ष याल बहादुर गुरुङको हात बाट प्रमाण(पत्र प्रदान गरिएको  थियो।

कार्यक्रमको अन्य अतिथिहरुमा  रुपमा प्रशिक्षक  उद्योग बाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत निल बहादुर के।स।, प्रशिक्षक गौरव खतिवडा, देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्ण पन्त र देवघाट गाउँपालिकका आईटि अफिसर बिमल मल्ल लगाएतको उपस्थिति रहेको थियो भने देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष याल बहादुर गुरुङको सभापतित्वमा कार्यक्रम समापन भएको थियो।

प्रतिक्रिया दिनुहोस