बजारमा ईन्धन र खाद्य बस्तुको अभाव छैन्, कृत्रिम अभाव सृजना गरे कारबाही

आइतबार, ०२ चैत्र २०७६, १९ : ४२
बजारमा ईन्धन र खाद्य बस्तुको अभाव छैन्, कृत्रिम अभाव सृजना गरे कारबाही

---प्रकास सिग्देल

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले पुर्वी चितवन र नारायणगढ बजार क्षेत्रका खाद्य गोदाम तथा ग्यास डिपोहरुको अनुगमन गरेको छ । र्दुइ टिम बनाएर संयुत्त रुपमा गरिएको अनुगमनमा एक टिमले पुर्वी चितवन क्षेत्रको पर्सा सम्म अनुगमन गरेको थियो भने अर्को टिमले नारायणगढ र भरतपुर बजार क्षेत्रको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा बजारमा खाद्यय बस्तुको अभाव भने कहि पनि नभएको र खाना पकाउने ग्याँस भने उपभोक्ताले बढि भण्डारण गर्ने गरेकाले केहि अभाव देखिएको पाईएको बताईएको छ ।  विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण विभिन्न सिमानाकामा कडाई गरेसँगै बजारमा खाद्यान्नको अभाव हुने हल्ला चलेपछि प्रशासनले बजारमा अनुगमन गरेको हो ।

बजारमा खाद्यान्न अभाव हुने हल्लासँगै व्यापारीहरुले कालोबजारी गर्नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले यस्तो अभियानको थालनी गरेको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकिय अधिकृत ईश्वर सिंखडाले बताउनु भयो ।,
पुर्वी चितवनको विभिन्न पसलमा पुगेर अनुगमन गर्दा नुन, तेल, चामल लगायत अन्य खाद्यान्नको कुनैपनि अभाव नरहेको सिंखडाको भनाई छ ।  ग्याँसमा भने पहिलाको तुलनामा माग एक्कासी बढेकोले बजारमा केहि असहज जस्तो देखिएतापनि सहज र प्रयाप्त मात्रामा आपूर्ति भइरहेकाले खासै समस्या नरहेको उहाले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, प्रहरी, पत्रकारसहितको संयुक्त अनुगमन टोलीले रत्ननगर, खैरहनीको विभिन्न ग्याँस डिपो, किरानाको होलसेल तथा खुद्रा पसलमा अनुगमन गरेको हो ।


अनुगमनको क्रममा खैरहनी ६ मा रहेको श्याम किराना स्टोर्स र निर्भाना इन्टरप्राइजेजमा भण्डार अस्तव्यस्त र फोहोर भएकाले २० दिनभित्र व्यवस्थीत र सरसफाई गर्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमखु खाद्य निरिक्षक विक्की राउतले जानकारी दिनु भयो ।

अनुगमनको क्रममा सबै पसलमा सिसि क्यामरा जडान गरिएको तर त्यसको जानकारी सम्बन्धि कार्यालयहरुमा नगराएको पाइएकोले तत्काल सम्बन्धित कार्यालयमा जानकारी दिन निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकिय अधिकृत सिंखडाले बताउनु भयो । त्यस्तै रत्ननगरको जे के साइकल स्टोर्सले संचालन गरेको ग्याँस डिपोमा आगलागी हुदाँको बेला आगो नियन्त्रणमा लिने यन्त्र राख्न निर्देशन दिइएको छ ।

टोलीले जयमालक्ष्मी ट्रेडर्स, बद्री इन्टरप्राइजेज, सम्पदा इन्टरप्राइजेज, जय सन्तोषीमा किराना पसल, लालीगुरास इन्टरप्राइजेज लगायतमा अनुगमन गरेका थिए । बजारमा खाद्य बस्तुको कृतिम अभाव सृजना गरेको पाईए कडा कारबार्ही हुने सिंखडाले बताउनु भयो । त्यस्तै आवस्यक भन्दा बढि बस्तुको भण्डारण नगर्न पनि उहाँले उपभोक्तालाई आग्रह गर्नु भयो । 

प्रतिक्रिया दिनुहोस