एजेन्सी । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका डेढ सय देशमा फैलिएको छ ।
विश्वभर महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभरका शीर्ष राजनीतिज्ञहरु पनि प्रभावित बनेका छन् ।
यो हप्ता धेरैले कोरोन भाइरसको संक्रमण भएको वा नभएको पुष्टि गर्न परीक्षण गरेका छन् भने केहीमा संक्रमण भएको पुष्टि भएको छ ।
अमेरिका
कोरोना भाइरसको संक्रमण भेटिएका ब्राजिलियन प्रतिनिधिमण्डलसँगको भेटपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वास्थ्य परीक्षण गर्दा नेगेटिभ भेटिएको छ । मायामीका मेयर फ्रान्सिस सुवारेज कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । संक्रमितसँगको भेट पछि ९ जना सांसदहरु सेल्फ क्वारेन्टाइनमा रहेका छन् ।
क्यानडा
प्रधानमन्त्री जस्टिन ट्रुडेउ पत्नी सोफीलाई कोरोनभाइरसको संक्रमण भएको पुष्टि भएपछि दम्पत्ति नै आइसोलेसनमा रहेका छन् । ट्रुडेउमा संक्रमणको लक्षण भने देखिएको छैन र उनले आइसोलेसनबाटै आफ्नो नियमित काम गर्ने बताएका छन् ।
फ्रान्स
चार जना नेताहरुमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । जसमा एकजना सांसद र मन्त्री पनि सामेल छन् ।
स्पेन
प्रधानमन्त्री पेड्रो सान्चेजकी पत्नीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । दुवैको स्वास्थ्य अवस्था स्थिर रहेको र डाक्टरको सल्लाहअनुसार आवश्यक सावधानी अपनाइरहेको बताइएको छ ।
ब्राजिल
अमेरिकाको भ्रमणमा गएको प्रतिनिधीमण्डलका तीन जना सदस्यहरुमा कोरोनाभाइरसको संक्रमण भेटिएको छ । जसमा एक सेनेटर, राष्ट्रपतिका प्रेस सेक्रेटरी र वासिङ्टनमा रहेका दूत रहेका छन् ।
बेलायत
जुनियर स्वास्थ्य मन्त्रीलाई कोरोना भाइरसबाट संक्रमित छिन् । कोरोनाभाइरसको संक्रमणको पुष्टि हुनअघि उनले प्रधानमन्त्री बोरिस जोन्सनलाई भेटेकी थिइन् । तर, आफूलाई कोरोना भाइरसको लक्षण नदेखिएकाले जोन्सनले यसको परीक्षण नगर्ने बताएका छन् ।
फिलिपिन्स
संक्रमितसँगको भेटपछि फिलिपिन्समा राष्ट्रपति रोड्रिगो डुटेर्टेले स्वास्थ्य परीक्षण गर्दा नेगेटिभ भेटिएको छ ।
इरान
इरानमा २९० सदस्यीय संसादमध्ये २३ जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको छ । जसमध्ये दुई जनाले ज्यान गुमाएका छन् । उपराष्ट्रपतिहरु पनि संक्रमित भएको बताइएको छ ।
अस्ट्रेलिया
अस्ट्रेलियाका गृहमन्त्री कोरोनाभाइरसबाट संक्रमित बनेका छन् । उनले त्यसको एक हप्ता अघि मात्र अमेरिकी महान्याधिवक्ता विलियम बार, ह्वाइट हाउसकी शीर्ष सल्लाहकार इभङ्का ट्रम्पलगायतलाई भेट गरेका थिए ।
मंगोलिया
चीनको एक दिने भ्रमणपछि राष्ट्रपति खाल्टमागिन बाटुल्गालगायत अधिकारीहरु दुई हप्ता लामो क्वारान्टाइनमा रहेका छन् । उनीहरुमा भाइरसको संक्रमण भने देखिएको छैन ।
(स्रोत : सिएनएन)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०२ चैत्र २०७६, १५ : ५१
लेखकबाट थप