चर्चित फुटबलर रोनाल्डोले आफ्नो होटललाई अस्पताल बनाएपछि....

आइतबार, ०२ चैत्र २०७६, १० : ५१
चर्चित फुटबलर रोनाल्डोले आफ्नो होटललाई अस्पताल बनाएपछि....

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण बढेसंगै चर्चित फुटबलर पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो स्टार होटललाई अस्पतालमा बनाउन सुरु गरेका छन् । 

पोर्चुगलमा समेत कोरोनाको संक्रमण बढ्न थालेपछि रोनाल्डोले विरामीको उपचारका लागि आफ्नै होटललाई अस्पतालमा रुपान्तरण गर्न थालेका हुन् । रोनाल्डोले लिस्बनमा रहेको आफ्नो सुविधा सम्पन्न होटल ‘पेस्टाना सीआर–७’ लाई अस्थायी रूपमा अस्पतालमा परिवर्तन गर्न लागेको अन्तर्रा्ष्ट्रि«य सञ्चार माध्यमले जनाएको छ । 

रोनाल्डोले होटललाई सात दिनभित्र अस्पतालमा परिणत गरेर कोरोना संक्रमित बिरामीको निःशुल्क उपचार गर्न लागेको बताईएको छ । रोनाल्डोले विरामीको उपचार, औषधी, बस्ने र खाने सबै खर्च निःशुल्क गर्न लागेका हुन् । उपचारमा सम्लग्न डाक्टर, नर्स र प्राविधिकको खर्च पनि रोनाल्डोले ब्यक्तिगत तवरबाट व्यहोर्ने छन् ।  

फुटबलमा विश्वभर ख्याती कमाएका रोनाल्डो सामाजिक कार्यमा पनि मनकारी छन् । रोनाल्डो खेलाडीको रूपमा मात्र नभई मानवीय गुणले पनि भरिपूर्ण ब्यक्ति भएको भन्दै उनको अहिले विश्वभर तारिफ भइरहेको छ । 

इटालीबाट आमालाई भेट्न पोर्चुगल पुगेका रोनाल्डोलाई कोरोना संक्रमण भएको भन्दै घरमै ‘क्वारेन्टाइन’ मा राखिएको थियो । तर प्रशिक्षणपछि उनमा कोरोनाको संक्रणम फेला परेको थिएन । पोर्चुगलमा शनिबारसम्म एक सय ६९ जनालाई कोरोना संक्रमित भएको पृष्टि भएको छ ।