अमेरिकी राष्ट्रपति ट्रम्पको कोरोना परीक्षण रिपोर्ट ‘नेगटिभ’

आइतबार, ०२ चैत्र २०७६, १० : ४३
अमेरिकी राष्ट्रपति ट्रम्पको कोरोना परीक्षण रिपोर्ट ‘नेगटिभ’

वासिंटन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गरिएको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ। ह्वाइट हाउसका फिजिसियन डा. सियन पी कोन्लीका अनुसार राष्ट्रपति ट्रम्पको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको हो।

‘मार्च–ए–लागोमा ब्राजिलको प्रतिनिधिमण्डलसँग रात्रिभोज गरेको एक सातापछि राष्ट्रपति लक्षणमुक्त भएका छन्’– कोन्लीले शनिबार जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ। रात्रिभोजमा सहभागी केही व्यक्तिमा कोरोना भाइरसको लक्षण देखिएकाले संक्रमणको आशंकामा राष्ट्रपति ट्रम्पको परीक्षण गरिएको थियो।

अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म ५८ जनाको ज्यान गइसकेको छ । यसबाट कम्तीमा दुई हजार आठ सय संक्रमित छन् । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको यसको संक्रमण रोक्न अमेरिकाले संकटकाल समेत घोषणा गरेको छ ।