काठमाडौं । तनहुँका व्यवसायीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका लोकदोहोरी गायक प्रकाश कटुवाललाई थुनामा पठाइएको छ ।
जिल्ला अदालत तनहुँले उनलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । जिल्ला अदालत तनहुँले वादी र प्रतिवादीको बहस सकिएपछि अभियुक्तलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
फागुन ५ मा उनी होटल व्यवसायी लालकाजी गुरुङमाथि कुटपिट गरेको अभियोगमा उनी पक्राउ परेका थिए । गुरुङकी छोरी सोनीकाले गायक कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएपछि कटुवाललाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट
ट्राफिक प्रहरीले कुटपिट गरेको भिडिओ भाइरल
पोलमा बाधेर महिलालाई मरणसान्न हुनेगरी कुटपिट
कुटिए ड्युटीमा खटिएका दुई जना प्रहरीमाथि कुटपिट
जनकपुरमा मरणासन्न हुने गरी कुटिए व्यवसायी
वरिष्ठ अधिवक्तालाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ