एजेन्सी । कोरोना भाइरसबाट बिहीबार बिहानसम्म विश्वभर ४ हजार ६३३ जनाको मृत्यु भएको छ । यो भाइरसको संक्रमण १ लाख २६ हजार ३०० मा देखिएको छ । यस्तै ६८ हजार निको भएर फर्किएका छन् ।
अहिलेसम्म यो भाइरसको संक्रमण १२४ देशमा फैलिसकेको छ । भाइरसबाट चीनमा सबैभन्दा बढी ३ हजार १६९ जनाको मृत्यु हुँदा इटालीमा त्यसपछि ८२७ जनाको मृत्यु भएको छ ।
यसैगरी इरानमा ३५४, उत्तर कोरियामा ६६, फ्रान्समा ४८, स्पेनमा ५५ जनाको मृत्यु हुँदा अमेरिकामा पनि ३८ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै