एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइसको रोकथामका लागि युरोपेली मुलुकबाट आफ्नो देशमा हुने हवाइयात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । नियम शुक्रबारबाट ३० दिनसम्मका लागि लागू हुने छ ।
बिहिबार बिहानको सम्बोधनमा ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।
ट्रम्पले भने, ‘हाम्रो दुश्मन एउटै छ, वास्तवमा यो संसारभरीको दुश्मन हो । कोरोना भाइरस । यसलाई चाँडोभन्दा चाँडो र सुरक्षित तरिकाले हराउनु पर्छ । मेरा लागि अमेरिकी जनताको सुरक्षा र जीवनभन्दा महत्वपूर्ण अरु केही छैन ।’
ट्रम्पले कंग्रेसलाई अमेरिकी अर्थतन्त्रमा कोरोना भाइरसको प्रभाव रोक्नका लागि कांग्रेसलाई कर छुटका उपायसहितका बिल पास गर्न आग्रह गरेका छन् ।
‘म अमेरिकी जनताको तलबमा कर छुट तत्काल लागू गर्न कांग्रेसलाई आग्रह गर्न चाहन्छु,’ उनले भने ।
यो प्रतिबन्ध बेलायतको हकमा भने लागु नहुने उनले बताएका छन्। बेलायतमा हालसम्म कोरनाभाइरसका ४६० केसहरू पुष्टि भएका छन्।
यस्तै अमेरिकामा कोरोनाभाइरसबाट ११ सय ३५ जना संक्रमित छन् भने ३८ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै