एजेन्सी । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या हजार पुगेको छ । अघिल्लो आइतबार अर्थात तीन दिन अघिको भन्दा यो संख्या दोब्बर हो ।
प्रकोपकै कारण अमेरिकामा ३१ जनाको मृत्यु भइसकेको छ । देशभित्र वासिङ्टन राज्य सबैभन्दा बढी प्रभावित देखिएको छ । त्यहाँ २७३ जना संक्रमित र २४ जनाको मृत्यु भएको तथ्याकं आएको छ ।
सयभन्दा बढी संक्रमित भेटिने अन्य राज्य क्यालिफोर्निया र न्यूयोर्क छन् । न्यूयोर्क राज्यमा १७३ जनालाई कोरोना संक्रमण भेटिएको छ भने क्यालिफोर्नियाका ११६ व्यक्तिमा उक्त भाइरस पाइएको छ ।
त्यसपछि रहेको म्यासाचुसेटमा झण्डै ९२ मा संक्रमण भेटिएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै