काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे आएको भ्रमपूर्ण खबरको प्रधनमन्त्रीको सचिवालयले खण्डन गरेको छ । सचिवालयले प्रमको स्वास्थ्य अवस्था सुधारोन्मुख अवस्थामा रहेका पनि स्पष्ट पारेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विभिन्न सञ्चारमाध्यमले प्रम ओलीको स्वास्थ्य अवस्था बिग्रिएको र सिंगापुर लैजाने तयारी भएको भनेर प्रकाशित समाचार १०१ प्रतिशत झुटो रहेको स्पष्ट पारेका हुन् ।
आज बिहान विभिन्न अनलाइन मिडियाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था खराव रहेको समाचार प्रकाशित गरेका थिए । सल्लाहकार थापाले झुट र भ्रमको खेती नगर्न समेत आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ फागुन २०७६, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो: प्रधानमन्त्री ओली
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री