फिर्ता भए गच्छदारको सुरक्षामा खटिएका सशस्त्रको ‘फोर्स’

बुधबार, २८ फागुन २०७६, ०८ : २१
फिर्ता भए गच्छदारको सुरक्षामा खटिएका सशस्त्रको ‘फोर्स’

काठमाडौं । सशस्त्र प्रहरीले पूर्वगृहमन्त्रीको हैसियतमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारको सुरक्षामा खटिएको आफ्नो ‘फोर्स’ फिर्ता लगेको छ । बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमिततामा भ्रष्टाचार मुद्दा चलेपछि सशस्त्रको स्कर्टिङ गाडीसहित प्रहरी फिर्ता भएका हुन् । 

सशस्त्र प्रहरी बलका प्रवक्ता प्रवीणकुमार श्रेष्ठले हाल गच्छदारको सुरक्षामा सुरक्षाकर्मी नखटिएको पुष्टि गरे । भ्रष्टाचार मुद्दा दायर भएकाले नै उनको सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता गरिएको गृह मन्त्रालय स्रोतले बतायो । पिएसओका रुपमा नेपाल प्रहरीबाट केही प्रहरी भने अझै उनीसँग छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारको संलग्नता दाबी गर्दै २२ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले १५ दिनभित्र उपस्थित हुन उनलाई म्याद जारी गरिसकेको छ । तर, उनी अदालतमा उपस्थित भएका छैनन् । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस