बेलायतकी स्वास्थ्यमन्त्रीलाई कोरोना भाइरसको संक्रमण

बुधबार, २८ फागुन २०७६, ०७ : ४६
बेलायतकी स्वास्थ्यमन्त्रीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं । बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण भएको छ । 

कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस स्वयंले आफूलाई कोरोनाभाइरस पुष्टि भएको बताएकी हुन् । ६२ वर्षीया मन्त्री डोरिसको करियर नर्सबाट सुरु भएको थियो ।

बीबीसीका अनुसार, आवश्यक सल्लाहपछि निजी घरको आइसोलेसनमा रहेको उनले बताएकी छन् । उनले पछिल्लो समय आफूले भेटघाट गरेका मानिसहरुको पहिचान गर्न सुरु गरिएको जानकारी पनि दिएकी छन् ।

बेलायतमा अहिलेसम्म कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय ८२ जनामा कोरोनाको लक्षण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस