चुल्होले चुम्यो पद्मोदय भलिबलको उपाधि

शुक्रबार, ०४ फागुन २०७४, २० : ४०
चुल्होले चुम्यो पद्मोदय भलिबलको उपाधि

भरतपुर । पद्मोदय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि चुल्हो रेष्टुरेन्ट नारायणगढले जितेको छ ।
अघिल्लो दुई सेट गुमाइसकेको अवस्थामा उत्कृष्ट पुनःआगमन गर्दै चुल्होले दी फेमस महेन्द्र दल गण भरतपुरलाई ३–२ को सेटमा पराजित गरेको हो ।
अघिल्लो दुई सेट १९–२५ र १८–२५ को सेटमा गुमाएको चुल्होले त्यसपछिको तीन सेटम लगातार जित हात पा¥यो । पछिल्लो तीन सेटमा चुल्होले २५–२१, २५–१४ र १५–१३ को जित निकालेपनि जित सम्भव भएको हो ।
उपाधिसँगै चुल्होले ५० हजार नगद पुरस्कार र ट्रफी पाएको छ । दोस्रो भएको दी फेमसले ३० हजार पुरस्कार पायो । सेमिफाइनल खेलेका दुई टिम हिमाल युवा क्लब र महतो कटेज साझापुरलाई १०–१० हजार पुरस्कार दिइएको आयोजक पद्मोदय युवा क्लब भरतपुर–२२, पदमपोखरीका अध्यक्ष रामहरि सेढाईंले जानकारी दिए ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी दी फेमसका प्रदीप श्रेष्ठ र अनुशासित टिम बन्न सफल महतो कटेजलाई ट्रफी र प्रमाणपत्र दिइएको सेढाईंले जानकारी दिए । विजेता टिम तथा उत्कृष्ट खेलाडीलाई चितवन–३ का प्रदेशसभा सांसद् रामलाल महतोले पुरस्कार वितरण गरे । प्रतियोगितामा कूल १३ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस