भारतीय राज्य मणिपुरद्वारा म्यानमारसँग जोडिएको सिमाना बन्द

मंगलबार, २७ फागुन २०७६, १४ : ३०
भारतीय राज्य मणिपुरद्वारा म्यानमारसँग जोडिएको सिमाना बन्द

एजेन्सी । उत्तर–पूर्वी भारतीय राज्य मणिपुरले म्यानमारसँग जोडिएको सिमानालाई बन्द गरेको छ । राज्यका मुख्यमत्रीले ट्वीटमार्फत कोरोनाभाइरस प्रकोपले बढाएको चिन्ताको कारण उक्त कदम चालिएको बताएका छन् । 

म्यानमारभित्र हालसम्म कोरोनाभाइरस संक्रमित भेटिएका छैनन् । तर पनि भारतका उत्तरपूर्वी राज्यहरुले भाइरसविरुद्धको पूर्व तयारीको स्वरुप विभिन्न कदम चाल्न थालेका छन् । 

मणिपुर नजिकको अर्को उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशले पनि सूचना सार्वजनिक नभएसम्म विदेशीको प्रदेशमा रोक लगाएको छ । 

भारतभित्र विशेष संरक्षित हैसियत पाएको अरुणाचल प्रदेशले भारतीय पासपोर्टधारीले माात्र राज्यभित्र पस्न पाउने, अन्यले विशेष अनुमती लिनुपर्ने बताएका छन् । 

भारतभित्र हालसम्म ४७ जनामा कोरोनाभाइरस भेटिएको छ । उता कोरोनाभाइरसबाट अत्यन्त प्रभावित देश इरानबाट भारतले ५८ नागरिकलाई स्वदेश फिर्ता गरेको छ । 

प्रतिक्रिया दिनुहोस