युएईमा दुई नेपालीलाई कोरोना भाइरसको संक्रमण

सोमबार, २६ फागुन २०७६, १८ : ५७
युएईमा दुई नेपालीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं । युएईमा दुई नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ । 

दुई नेपालीसहित १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।

योसहित युएईमा कोरोना संक्रमितहरुको संख्या ५९ जना पुगेको छ । सोमबार भेटिएका नयाँ संक्रमितहरुमा ४ जना युएईका नागरिक, ३ जना इटालियन, २ जना नेपाली, २ जना बंगलादेशी, १ जना रसियन, १ जना भारतीय र १ जना सिरियाली रहेका छन् ।

स्रोत :
https://gulfnews.com/uae/uae-announces-14-new-coronavirus-cases-1.1583753297673?fbclid=IwAR3ECyQ0RTpqUluP4CgxqGxvqwpEKcHlnefEQg-IA5TkqHFv3ScSt8CbslU