प्रहरीमा घट्यो शान्ति मिसन आकर्षण

सोमबार, २६ फागुन २०७६, ०८ : ४०
प्रहरीमा घट्यो शान्ति मिसन आकर्षण

काठमाडौं ।  नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जान २०४८ फागुन २९ बाट सुरु ग¥यो। तत्कालीन युगोस्लाभियाबाट सुरु भएको यो क्रम अहिले पनि छ।

प्रहरीमा जागिर खाएपछि कम्तिमा एकपटक शान्ति मिसन गएर आर्थिक जोहो टार्ने धेरैको इच्छा देखिन्छ। तर, पछिल्लो समयमा शान्ति मिसनको संख्या ह्वात्तै घटेको छ। प्रहरी मुख्यालयको अभिलेखअनुसार २०४८ फागुनदेखि हालसम्म आठ हजार तीन सय २० जना शान्ति मिसनमा गएको देखिन्छ।

यो अवधिमा ४८ जना प्रहरी वरिष्ठ उपरीक्षक, एक सय ९६ जना प्रहरी उपरीक्षक, डिएसपी आठ सय ४७ जना, प्रहरी निरीक्षक एक हजार दुई सय ६५ जना, प्रहरी नायब निरीक्षक एक हजार सात सय १७ जना, प्रहरी सहायक निरीक्षक एक हजार एक सय २७ जना, प्रहरी हवल्दार एक हजार ६ सय ३३ जना, प्रहरी जवान एक हजार चार सय ६३ जना र फलोअर्स एक सय ९४ जनाले मिसन गएको देखिन्छ। आजकाे अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस