नदीमा डुबेर बालकको मृत्यु

आइतबार, २५ फागुन २०७६, २० : ३६
नदीमा डुबेर बालकको मृत्यु

लमजुङ । चेपे नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । राइनास नगरपालिका–७ का १४ वर्षीय अनिश नेपालीको लमजुङ र गोरखाको सिमानामा पर्ने चेपे नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले बताउनुभयो ।

पौडी खेल्ने क्रममा डुबेको अवस्थामा देखिपछि स्थानीयले प्रहरीलाई खबर गरेको र प्रहरी उक्त स्थानमा प्रहरी पुगेर शव निकालेको उहाँको भनाइ छ ।

बालकको शव बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला सामुदायिक अस्पतालमा ल्याएर परीक्षण गरिएको प्रहरीको भनाइ छ । (रासस)