युरोपेली मुलुकका स्वास्थ्यमन्त्रीहरूले कुहिनो ठोकाएर गरे अभिवादन

आइतबार, २५ फागुन २०७६, १६ : ४७
युरोपेली मुलुकका स्वास्थ्यमन्त्रीहरूले कुहिनो ठोकाएर गरे अभिवादन

एजेन्सी । युरोपेली मुलुकका स्वास्थ्यमन्त्रीहरूले ब्रसेल्समा शनिबार भएको आपतकालिन बैठकमा एकअर्काको कुहिनो ठोकाएर अनि छातीमा हात राखेर अभिवादन गरेका छन् ।

क्रोएसिया, फ्रान्स, ग्रीस र साइप्रसका मन्त्रीहरूले त्यसरी कुहिनो ठोकाएर अभिवादन गरेका हुन् । 

कोरोना भाइरसको डर युरोपमा फैलिएपछि हस्तमिलनलाई त्यागे र उनीहरुले यस्तो गरेका हुन् । 

युरोपमा कोरोना भाइरसका ६ हजार केस आइसकेका छन् भने १६० भन्दा बढीको मृत्यु भइसकेको छ । 

यस्तै अमेरिकामा पनि उपराष्ट्रपति माइक पेन्सले वाशिङटन स्टेटका गभर्नर जे इन्सली तथा अन्य शीर्ष अधिकारीसँग कुहिनो ठोकाएर अभिवादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस