महानगरको सेवाप्रवाहलाई चूस्त बनाउन वडा कार्यालयहरुको भवन निर्माण अभियानको रुपमा अगाडी बढाईरहेका छौं : महानगर प्रमुख रेनु दाहाल

शुक्रबार, २३ फागुन २०७६, १० : ५०
महानगरको सेवाप्रवाहलाई चूस्त बनाउन वडा कार्यालयहरुको भवन निर्माण अभियानको रुपमा अगाडी बढाईरहेका छौं  : महानगर प्रमुख रेनु दाहाल

चितवन । भरतुपर महानगरपालिका अन्तर्गत वडा नम्बर १२ को कार्यालय प्रयोजनको लागि अत्याधुनिक भवन निर्माण शुरु भएको छ । सो भवन निर्माणको लागि आज एक भव्य कार्यक्रमका बिच भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले शिलान्यास गर्नुभयो । 

भवनको शिलान्यास गर्दै महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका दिगो र आत्मनिर्भर बिकासको गतिमा अगाडी बढिरहेको बताउनुभयो । उहांले महानगरको सेवाप्रवाहलाई ब्यवस्थित बनाइ नागरिकलाइ चुस्त सेवा प्रवाह गर्न वडा कार्यालयहरू निर्माणलाइ अभियानकै रूपमा अगाडी बढाईरहेको उल्लेख गर्नुभयो । 

प्रमुख दाहालले भरतपुर महानगरपालिकालाइ सूरक्षित र व्यवस्थित शहरको रूपमा विकास गर्ने योजनाका साथ कामहरू अगाडी बढाएको बताउदै उहांले बालश्रमको अन्त्य, फोहोर मैलाको उचित ब्यवस्थापन, वातावरण संरक्षण, सूर्ति चुरोट सेवन तथा बिक्री बितरणमा रोकथाम, सेवा प्रवाहमा नविनतम प्रविधीको प्रयोग, वैज्ञानिक कर प्रणाली लगायतका कामहरूलाइ तिब्रता दिएको बताउनुभयो । प्रमुख दाहालले नब निर्मित वडा कार्यालय भवन तोकिएको समयमा गुणस्तरिय ढंगले निर्माण गर्न निर्माण व्यवसायीलाइ आग्रह गर्दै महानगरपालिकाका प्राबिधिक कर्मचारीलाइ  नियमित अनुगमन गर्न समेत निर्देशन दिनुभयो ।

सोही कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोसीले  महानगरपालिकाले  पुर्वाधार विकास र सेवा प्रवाहलाइ दु्रत गतिमा अगाढी बढाइएको भन्दै यो वडा कार्यालय निर्माणसँगै सेवा प्रवाह चुस्त दुरूस्त हुने विश्वास व्यक्त गर्नुभयो । फोहोरमैला व्यवस्थापन अहिलेको ठूलो समस्या रहेको भन्दै यसलाइ व्यवस्थित गर्न सबै वडावासीहरू सजग हुनुपर्ने र समयमै कर तिर्ने परिपाटिको बिकास गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

भरतपुरका डिभिजनल ईन्जिनियर रत्न लामिछानेले समयमै गुणस्तरिय भवन निर्माण गरेर छिटो भन्दा छिटो सेवाग्राहीलाई सेवा प्रवाह गर्ने योजनाका साथ काम अगाडी बढाईएको धारणा राख्नुभयो । सोही कार्यक्रममा वडा कार्यालय भवनका लागि जग्गा प्रदान गर्नुहुने सूर्यबहादुर कार्कीलाई महानगरपालिकाका प्रमुख दाहालले धन्यवाद समेत ज्ञापन गर्नुभएको थियो । 

धनगढा मन्दिर नजिकै २ कट्ठा क्षेत्रफलमा निर्माण हुन लागेको भवन ८ कोठाको एक तल्ले हुने जनाइएको छ । कुल बजेट १ करोड ११ लाख ८१ हजारको लागतमा निर्माण हुने नव निर्मित अत्याधुनिक प्रविधिमैत्री हुने भवनमा मिटिङ हल, कार्यालय कोठा तथा शौचालय हुनेछन् । 
 

प्रतिक्रिया दिनुहोस