कोरोना भाइरसका कारण इटालीका विद्यालय १० दिनको लागि बन्द

विहीबार, २२ फागुन २०७६, १० : ३५
कोरोना भाइरसका कारण इटालीका विद्यालय १० दिनको लागि बन्द

(एजेन्सी) ।  कोरोना भाइरसको संक्रमणका कारण इटालीका विद्यालयहरु बन्द हुने भएको छ ।  कोरोना बढी प्रभावित हुने देशहरु मध्ये  इटालीले बढी प्रभावित देश हो । 

कोरोना भाइरसको संक्रमण फैलिन नदिने प्रयासमा रहेको इटालीले बिहीबार आज देखि १० दिनका लागि सबै विद्यालय बन्द गर्ने भएको हो । इटालीमा कोरोना भाइरसका कारण अहिलेसम्म १०७ जनाको मृत्यु भएको छ । युरोपमा सबैभन्दा बढी प्रभावित भएको देश मध्ये इटाली पनि पर्छ ।

यस्तै सबै व्यवसायिक खेलकुद प्रतिस्पर्धाहरु बन्द रंगशालामा हुने भएका छन् । यसरी बन्द रंगशालमा हुने खेलमा इटालियन सिरी ए फुटबल अन्तर्गतका खेलहरु पनि छन् । इटालीमा अहिलेसम्म तीन हजार भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । इटालीको उत्तरी क्षेत्रमा कोरोनाको संक्रमण फैलिएको छ । 

विश्वभर कोरोना भाइरसका कारण झण्डै ३२ सय जनाको ज्यान गएको छ । यस्तै ९० हाजर भन्दा बढी संक्रमित भएका छन् । संक्रमित हुनेमा अधिकांश चीनका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) लाई विश्वव्यापी महामारी घोषणा गरेको छैन । 

प्रतिक्रिया दिनुहोस