५५अरबका लागि राष्ट्रघाती सम्झौता हुदैन : दाहाल

आइतबार, १८ फागुन २०७६, ०७ : ३२
५५अरबका लागि राष्ट्रघाती सम्झौता हुदैन : दाहाल

सुकुटे । राष्ट्रिय सभामा मनोनीत गर्ने सदस्य,एमसीसी लगायतका विषयमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र विवाद भइरहेको बेला आराम र शुक्रबार देखि सुरु भएको सुकुटे महोत्सव उद्घाटन गर्न सिन्धुपाल्चोक आएका नेकपा अध्यक्ष पुष्पकमल दाहालले विवादीत सबै विषय बिस्तारै समाधान हुने बताएका छन् ।

महोत्सव उद्घाटन अघि प्रेस संगठन सिन्धुपाल्चोकले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले देश र जनताका लागि नेकपा नेता वामदेव गौतमले ठुलो योगदान गरेकाले राष्ट्रिय सभामा लैजान लागेको बताए । हामी नेकपा सचिवालय भित्र नौ सदस्य छौ,सात जना संसदमा छौ,दुइ जना बाँकी छौ,उहाँहरुलाई पनि लैजान यो निर्णय भएको हो’ दाहालले भने ।

पार्टी नेता नारायणकाजी श्रेष्ठलाई निर्वाचन मार्फत नै राष्ट्रिय सभामा लगेको र गौतमलाई मन्त्रीपरिषदबाट लैजाने गरी सचिवालयले निर्णय गरेको दाहालले प्रष्ट पारे । ‘सुरुमा वामदेव जि ले शर्त सहित राष्ट्रिय सभामा जान खोज्नु भएको हो,तर अहिले कुनै शर्त बिना नै जान खोज्नु भएको छ,यो सकारत्मक हो’ दाहालले भने ।

चुनाव हारेको नेतालाई संसदमा किन लैजानु प¥यो भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष दाहालले भने अहिलेको चुनाव प्रणालीमा राम्रा मान्छे पनि हार्न सक्छन्,एउटा चुनाव हार्देमा जानै नहुने भन्ने छैन । आफुले यस अघि तत्कालिन एमाले नेता माधवकुमार नेपाललाई पनि पार्टीबाट निर्णय गराएर नै ससंदमा इन्ट्री गराएको प्रसंग कोट्याएका थिए ।राष्ट्रलाई योगदान गरेका वामदेव गौतम जस्ता नेताहरु राष्ट्रिय सभामा जाँदा संसदको इज्जत नघ्टने बरु बढ्ने दाहालको दाबी थियो ।

अमेरीकी मिलीनियम च्यालेन्ज कर्पाेरेश(एमसीसी) को विषयम दाहालले पार्टी भित्र गठीत अध्ययन समितिले आगामी २१ ग्ते अन्तिम प्रतिवेदन बुझाउने र त्यसपछि मात्रै पास गर्ने की नगर्ने भन्ने ठोस निर्णय हुने दाहालले बताए ।

श्रीलकाको मन्त्रीपरिषदले समेत एमसीसी अनुमोदन नगर्ने निर्णय गरेको बताउँदै अध्यक्ष दाहालले भने ‘५५ अरब पैसा धेरै होइन,यो पैसाका लागि गलत ढंगल राष्ट्रहित बिपरीत सम्झौता हुदैन ।’ ५५ अरबको लागि कुनै हालतमा पनि कम्प्रोरमाइज नगर्ने उनले प्रष्ट पारे । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस