चेक बाउन्स मुद्दामा मोडल खुश्वु ओलीलाई दुई वर्ष जेल

सफल खबर संवाददाता

शुक्रबार, १६ फागुन २०७६, २३ : २८
चेक बाउन्स मुद्दामा मोडल खुश्वु ओलीलाई दुई वर्ष जेल

काठमाडौं । जिल्ला अदालतले चेक बाउन्स मुद्दामा मोडल खुश्वु ओलीलाई दुई वर्ष जेल सजायको फैसला सुनाएको छ ।

सप्तरीका गोपाल कटुवालसँग ओलीले २ वर्षअघि लिएको ३६ लाख रुपैयाँ नतिरेपछि कटुवालले मुद्दा दायर गरेका थिए । सोही मुद्दाको फैसला शुक्रबार भएको हो । न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उनलाई दुई वर्ष कैदको फैसला सुनाएको हो।

प्रतिक्रिया दिनुहोस