नयाँ दिल्ली । कोरोना भाइरसका कारण जापानको तटमा रोकिएको एक ‘क्रुज शिप’ मा रहेका नेपाली नागरिकको उद्धार गरिएको छ ।
भारतले उक्त ‘क्रुज शिप’मा रहेका ११९ भारतीयसहति पाँच विदेशी नागरिकलाई ‘एयरलिफ्ट’ गरी नयाँ दिल्लीमा ल्याएको हो । उद्धार गरिएका पाँच विदेशीमध्ये नेपाल, श्रीलंका, दक्षिण अफ्रिका र पेरुका नागरिक रहेको जनाइएको छ ।
उद्धार गरिएका नेपाली नागरिकको परिचय खुलाइएको छैन । ‘डायमन्ड प्रिन्सेज’ नाम गरेको ‘क्रुज शिप’मा रहेका भारतीय सहितका नागरिकलाई निकाल्न मद्दत गरेकोमा भारतीय विदेशमन्त्री एस जयशंकरले जापानी अधिकारीलाई धन्यवाद दिएका छन् ।
उनले ट्वीट गर्दै भनेका छन्, ‘एयर इन्डियाको फ्लाइट अहिले टोकियोबाट दिल्लीमा आइपुगेको छ, कोरोनाभाइरसका कारण जापानको क्रुज शिप डायमन्ड प्रिन्सेजमा फसेका ११९ भारतीय र श्रीलङ्का, नेपाल, दक्षिण अफ्रिका र पेरुका गरी पाँच विदेशी नागरिकलाई पनि ल्याइएको छ ।’
उक्त ‘क्रुज शिप’मा कुल तीन हजार ७ सय ११ जना सवार थिए । उनीहरुलाई कोरोनाभाइरस संक्रमणका आशङ्काका कारण ५ फेब्रुअरीदेखि रोकिएको थियो ।
स्रोत :
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १५ फागुन २०७६, १२ : ४६
लेखकबाट थप