काठमाडाँ। भारतको राजधानी दिल्लीमा भएको हिंसामा मृतकको संख्या २० पुगेको छ । भारतको राजधानी दिल्लीमा नागरिकता कानुनको विषयमा जारी दुई पक्षीय झडप भइरहेको छ ।
बुधबार बिहानसम्म उत्तरपूर्वी दिल्लीमा मृतकको संख्या बढेर २० पुगेको एजेन्सी समाचारहरुमा उल्लेख गरिएको छ । हिंसामा २ सय ५० भन्दा बढी घाइते छन् । दिल्लीमा हिंसा बढ्दै गएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय सरकारलाई सेना परिचालन गर्न आग्रह गरेका छन्।
हिंसा भड्किएपछि उत्तरपूर्वी दिल्लीको प्रभावित क्षेत्रमा प्रहरीले गोली चलाउने आदेश जारी गरेको थियो। सरकार समर्थकहरूले ‘जय श्रीराम’ को नारा लगाउँदै कानुनको समर्थनमा ओर्लिएपछि दुई पक्षबीच झडप सुरू भएको हो। सरकार समर्थकहरू नागरिकता कानुनको विरोध गरिरहेका समुदायमाथि आक्रामक देखिएका हुन्।
प्रतिक्रिया दिनुहोस