‘कट, कपी एन्ड पेस्ट’को आविष्कार गर्ने कम्प्युटर वैज्ञानिक रहेनन्

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ फागुन २०७६, ०७ : २०
‘कट, कपी एन्ड पेस्ट’को आविष्कार गर्ने कम्प्युटर वैज्ञानिक रहेनन्

न्युयोर्क । कट, कपी एन्ड पेस्ट आविष्कार गर्ने कम्प्युटर वैज्ञानिक ल्यारी टेस्लरको ७४ वर्षको उमेरमा निधन भएको छ ।

उनले सन् १९६० देखि सिलिकन भ्यालीमा काम गर्न थालेका थिए जतिबेला कम्प्युटर आममानिसको लागि त्यति सजिलो पहुँचको विषय थिएन।

उनको आविष्कारले कम्प्युटर प्रयोगकर्तालाई छिटो र सजिलो बनाइदिएको छ।जेरोक्स कम्पनीसँग आबद्ध रहेका उनलाई उक्त कम्पनीले उनको ऐतिहासिक उपलब्धिको कदर गरेको छ।

सन् १९४५ मा न्युयोर्कमा जन्मिएका उनले स्यान्डफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका थिए। उनले एमाजोन र याहुमा पनि काम गरेका थिए। कान्तिपुर दैनिकमा  खबर छ ।  

प्रतिक्रिया दिनुहोस