सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा गराउन सुझाव, प्रधानमन्त्रीले बोलाए बालुवाटार

विहीबार, ०८ फागुन २०७६, १३ : ०७
सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा गराउन सुझाव, प्रधानमन्त्रीले बोलाए बालुवाटार

काठमाडौँ । ७० करोड रुपैयाँ कमिसनमा मुछिएपछि सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई राजीनामा दिन दवाव परेको छ । 

बिहीबार बिहान प्रधामन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डबीचको छलफलमा प्रचण्डले बाँस्काटोले राजीनामा दिनु ठीक हुने सुझाव दिएका छन् । 

सो छलफलमा गम्भीर विषय बाहिर आएपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा प्रचण्डसँग राय लिएका थिए । जवाफमा प्रचण्डले राजीनामा दिँदा ठीक हुने भन्दै बाँस्कोटाको राजीनामा गराउन प्रधानमन्त्रीलाई सुझाव दिएको बालुवाटार स्रोतले बताएको छ । 

यसैबीच प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री बाँस्कोटालाई बालुवाटार बोलाएका छन् । 

सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदबारे सञ्चारमन्त्री गोकुल ७० करोड बढीको डिल गरेको दावीसहितको अडियो बुधबार बेलुका बाहिरिएको थियो । 

प्रिन्टिङ प्रेस सम्बन्धी स्वीस कम्पनीका एजेन्ट विजय प्रकाश मिश्र सो अडियो लिक गराएका हुन् । यो अडियो बाहिरिएपछि सञ्चारमन्त्रीमाथि राजीनामा दिन चौतफी दवाव परेको छ ।