काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा सफाइ पाएको पत्र संसद सचिवालयमा पुगेको छ । अब महरालाई प्रतिनिधिसभा बैठकमा सहभागी हुने बाटो खुलेको छ ।
काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा महराले सफाइ पाएको जानकारीसहितको पत्र संसद् सचिवालयमा पठाएको थियो । सोही पत्र सभामुख अग्निप्रसाद सापकोटाले संसदमा वाचन गरेका थिए ।
सभामुख सापकोटाले महराले जबरजस्ती करणी मुद्दामा सफाइ पाएको जानकारी बैठकलाई गराएका छन् । जानकारी गराएसँगै महराले प्रतिनिधिसभा बैठकमा सहभागी हुन पाउने बाटो खुलेको छ।
महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा महरा १९ असोजमा पक्राउ परेका थिए । उनले सोमबार सफाइ पाएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०७६, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
सुन तस्करीमा संलग्न नभएको भन्दै कृष्णबहादुर महरा दिए इन्कारी बयान
कृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ