चितवनमा सवारी कारबाहीबाट एक महिनामा २३ लाख आम्दानी

शनिबार, ०२ मंसिर २०७४, १३ : ०४
चितवनमा सवारी कारबाहीबाट एक महिनामा २३ लाख आम्दानी

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले गत कात्तिक महिनामा कूल तीन हजार ५० वटा सवारीलाई ट्राफिक  नियम उल्लंघन गरेको कसुरमा कारबाही गरेर २२ लाख ९४ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको छ ।

ट्राफिक कारबाहीमा पर्ने सवारीमा ट्रक नौ सय १५, बस चार सय १८, जिपकार चार सय ७४, ट्रेक्टर दुई सय ७९, टेम्पो दुई सय ४९ र मोटरसाइकल सात सय १५ वटा रहेका छन् । मदिरा पिएर सवारी चलाएका ३७ जना मोटरसाइकल चालक, आठ जना जिपकार चालक, पाँच जना बस चालक, पाँचै जना टेम्पो चालक र एक जना ट्रक चालक कारबाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले गत कात्तिक महिनामा कूल तीन हजार ५० वटा सवारीलाई ट्राफिक  नियम उल्लंघन गरेको कसुरमा कारबाही गरेर २२ लाख ९४ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको छ ।


कारबाहीमा परेका अन्य सवारीचालकमध्ये कागजपत्र साथमा नभएका चार सय ३५ जना, सवारी चालक अनुमति पत्र नभएका चार  सय पाँच जना, सिट बेल्ट नबाँध्ने र हेलमेट नलगाउने एक सय ९५ जना रहेका छन् । तीब्र गतिमा सवारी चलाउने २४ जना र ओभरलोड सवारी चलाउने पाँच सय ४५ जना पनि कारबाहीमा परेका छन् । कात्तिक महिनामा भएका २८ वटा सवारी दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन् भने ६८ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस