धार्मिक पर्यटन क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट

रासस

शनिबार, ०३ फागुन २०७६, २१ : २२
धार्मिक पर्यटन क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट

फाईल फोटो

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धार्मिक पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको शिवशक्तिश्री विद्यापीठकोे नवौँ वार्षिकोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटनमा मुख्यमन्त्री भट्टले प्रदेश सरकार विकास र समृद्धिको गतिमा अघि बढेको बताउनुभयो । 

“सुदूरपश्चिम पर्यटकीय सम्भावना बोकेको प्रदेश हो । धार्मिक र भौगोलिक हिसाबले पर्यटकलाई आकर्षित गर्ने थुप्रै क्षेत्रहरु छन्” मुख्यमन्त्री भट्टले भन्नुभयो, “त्यसको प्रचारप्रसार र विकासका लागि प्रदेश सरकारले काम अगाडि बढाइसकेको छ ।” उहाँले प्रदेशको धार्मिक पर्यटन विकासका लागि प्रदेश सरकारले पाँच वटा कोरिडोर बनाएर काम अगाडि बढ्ने लक्ष्य लिएको बताउनुभयो ।

कार्यक्रममा शिवशक्ति श्रीविद्यापीठका संरक्षक एक हजार आठ श्री निःशेषानन्द महाराजले समाजलाई सही बाटोमा डो¥याउनको लागि धर्मको संरक्षण आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस