एजेन्सी । विश्वभर कोरोना–भाइरसबाट संक्रमित हुनेको संख्या झण्डै ६७ हजार पुगेको छ ।
चिनियाँ स्वास्थ्य आयोगका अनुसार शुक्रबार मध्य रातीसम्म चीनभित्र ६६,४९४ मा कोरोनाभाइरस भेटिएको छ । त्यस्तै चीनबाहिर विश्वभर संक्रमित हुनेको संख्या ५०५ भन्दा बढी छ ।
शुक्रबार दिनभर चीनमा मात्र २६४१ नयाँ संक्रमित भेटिएका छन् । तीमध्ये २४३० नयाँ संक्रमित कोरोनाभाइरस प्रकोपको केन्द्र हुबेईका थिए ।
शुक्रबारसम्मको नयाँ संक्रमित जोडेर हुबेई प्रान्तमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ५४ हजार ४०६ पुगेको छ ।
शुक्रबार मध्य–रातीसम्म कोरोनाभाइरस संक्रमितको संख्या चीनभित्र २६४१ देखिएको छ ।
उता कोरोनाभाइरसकै कारण मर्नेको संख्या विश्वभर १५२६ पुगेको छ जसमध्ये १५२४ चीनका (एक जना हङकङ स्वशासित क्षेत्रसमेत) र बाँकी दुई जना अन्य देशका हुन् ।
उता उपचारबाट सन्चो भएर घर फर्कनेको संख्या पनि बढेको छ । चीनको स्वास्थ्य निकायले बताए अनुसार शुक्रबारमात्रै १३७३ विरामी घर फर्किएका छन् ।
योसगै उपचार भएर घर फर्कने कोरोनाभाइरस संक्रमितको संख्या ८०९६ पुगेको छ ।
उता हुबेईभन्दा बाहिर चीनकै अन्य प्रान्त नयाँ संक्रमित देखिने दरमा कमी आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै