गरिमाको नक्कली बीउले २३ करोड क्षति हुँदा ३१ लाखमात्र जरिवाना

पत्रपत्रिकाबाट

शनिबार, ०३ फागुन २०७६, ०८ : ००
गरिमाको नक्कली बीउले २३ करोड क्षति हुँदा ३१ लाखमात्र जरिवाना

file photo

काठमाडौं । गरिमा जातको धानको हाइब्रिड बीउ नक्कली परेपछि सरकारले १३ जिल्लामा २३ करोड रुपैयाँ बराबरको क्षतिसहित मंसिरमा प्रतिवेदन बनायो ।

उत्पादन लागत र परिमाणका आधारमा बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले किसानलाई त्यति नै रकम क्षतिपूर्ति दिन भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिस गर्‍यो । तर किसान ठग्नेलाई अहिले ३१ लाख २० हजार रुपैयाँ मात्रै जरिवाना भएको छ ।

नक्कली बीउ बिक्री गरेर ठगी गरेको आधारमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले १५ विक्रेता र आयातकर्ता दिवानगज चौधरीलगायतलाई उक्त परिमाणको रकम जरिवाना गरेको हो । विभागले उपभोक्ता संरक्षण ऐन–०७५ अनुसार नक्कली बीउ बिक्री गरेको आधारमा जरिवाना गरेको हो । ‘ऐनअनुसार २ देखि ३ लाख रुपैयाँ मात्रै जरिवाना गर्न सकिन्छ ।

त्यसैले आयातकर्ता सनराइज एग्रिकल्चर रिसर्च सेन्टर प्रालिलाई अधिकतम ३ लाख रुपैयाँबाट माथि जान सकेनौं,’ स्रोतले भन्यो, ‘खुद्रा बिक्रेताको हकमा बढीमा २ लाख रुपैयाँभन्दा माथि जान मिलेन ।’ विभागको टोली जिल्लाजिल्लामै गएर एग्रोभेटहरूलाई जरिवाना गराएको हो । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस