शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित, अर्को बैठक भोलि ११ बजे बस्ने

सफल खबर संवाददाता

शुक्रबार, ०२ फागुन २०७६, १५ : ०१
शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित, अर्को बैठक भोलि ११ बजे बस्ने

काठमाडौं । आज बसेको प्रतिनिधिसभाको संसद बैठक स्थगित भएको छ । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि आजको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । 

आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा संवोधन गर्ने कार्यक्रमलाई पनि रोकेर अर्को बैठकको लागि सारिएको छ । संसद बैठक भोलि ११ बजे बस्ने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस