जनयुद्ध र क्रान्तिको प्रक्रियाले गम्भीर धक्का : वैद्य

विहीबार, ०१ फागुन २०७६, ११ : १५
जनयुद्ध र क्रान्तिको प्रक्रियाले गम्भीर धक्का : वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले नवसंशोधनवादी विचलन र मूल नेतृत्वको गद्दारीका कारण  जनयुद्ध र क्रान्तिको प्रक्रियाले गम्भीर धक्का खाएको बताएको छ । 

२५ औं जनयुद्ध दिवसको अवसरमा बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले भनेका छन्, ‘माओवादी आन्दोलनभित्रै मूल नेतृत्वमा पैदा भएको नवसंशोधनवादी विचलन र गद्दारीका कारण अहिले जनयुद्ध र क्रान्तिको प्रक्रियाले गम्भीर धक्का खान पुगेको छ ।’

‘दश वर्षको महान जनयुद्ध, झापा विद्रोह र विभिन्न जनआन्दोलमा जनताले बगाएको रगतको आहालमा टेकेर सरकारमा पुगेका नेताहरुले आज घरेलु प्रतिक्रियावादी सत्ताको नेतृत्व गर्दै साम्राज्यवाद र विस्तारवादको दलाली गरिरहेका छन् ’ विज्ञप्तिमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस