पूर्वसचिव पत्नीको हत्यामा छिमेकी कोमल वलीले दिइन् यस्तो बयान

सफल खबर संवाददाता

मंगलबार, २८ माघ २०७६, १० : ३७
पूर्वसचिव पत्नीको हत्यामा छिमेकी कोमल वलीले दिइन् यस्तो बयान

काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीको घरमा हिजो बिहान दुःखद घटना घट्यो । घरमै काम गर्ने कामदार विजय चौधरीले पत्नी मुनालाई हत्या गरेर पछि आफैँले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट निश्र्कष निकालेको छ ।

कार्की पशुपति दर्शन गर्न गएका बेला घटना भएको र घर फर्केपछि घटना देखेर कार्की विक्षिप्त रहेको र चिच्याएको देखेपछि छिमेकी राष्टिय सभा सदस्यसमेत रहेकी कोमल कार्कीको घरमा पुगेकी थिइन् ।

उनले घटनावारे यसो भनिन्–

हामी छिमेकी हौँ । मान्छेलाई दुःख परेका बेला छिमेकी नै चाहिने हो । यो दुखद खबरले हामी मर्माहत भएका छौं । उहाँ छिमेकीमात्र नभईृ हाम्रा आफन्त पनि हुन् । त्यसले पनि ठूलो चोट लागेको छ ।
विहान म र मेरो दाई बाहिर गएका थियौँ । हामी घर फर्कियौँ ११ बजे । त्यसपछि छतमा बसेर खाना खाँदै थियौँ । अचानक मेरो भाउजूले उताबाट अर्जुन कार्कीले बोलाइरहनु भएको छ, उहाँ रोइरहनु भएको छ भन्नुभयो । त्यसपछि म र मेरो दाई छतमा आएर के भयो भनेर उहाँलाई सोध्यौं ।

उहाँले मेरो घरमा बर्वाद भयो, मेरो संसार बर्वाद भयो । मेरो मुनालाई मारिदिएछ । पुलिसलाई खबर गरिदिऊ हाजुर, म बर्बाद भएँ भनेर उहाँ छाती पिटेर लडीबुडी गरिरहनु भएको थियो ।

त्यसपछि हामी दौडिएर कार्कीको घरमा पुग्यौं । त्यसबेला घरमा कोही पनि हुनुहुन्नथ्यो । उहाँमात्रै हुनुहुन्थ्यो । त्यो समय सायद साढे ११ बजेतिर हुनुपर्छ । टोलमा सबैलाईृ खबर गर्ने चलन छ । सबै बोलायौँ ।
म त्यो घरमा छिर्दा, काम गर्ने मान्छे झुन्डिएको डोरी चुँडिएर भ¥याङमा लास थियो । म्याडम (मुना) भान्छा कोठामा लड्नुभएको रहेछ । पूरै रगताम्मे हुनुहुन्थ्यो । आँखामा चोट लागेको थियो, घाँटीमा पनि चोट थियो । गएर छामे, तातोजस्तो लाग्यो ।

तर सास थियो जस्तो मलाई लाग्दैन । तर जे भएपनि उहाँ हेर्दा छाम्दा कतै केही थिएन । त्यसपछि पुलिसलाई मेरो दाइले फोन गर्नुभयो । मैले पनि डिआईजी विश्व पोखरेललाई फोन गरे मोबाइलमा ।
उहाँले तुरुन्तै मान्छे पठाइदिन्छु, पाटनको एसएसपी आउँदै हुनुहुन्छ भन्नुभयो ।

हामीले त्यही बीचमा एम्बुलेन्स पनि बोलायौँ । घटनाको प्रकृति हेर्दा मलाई के लाग्यो भने, कामदार विजय चौधरीको हातमा पनि रगत लागेको थियो । उसको सर्ट, ज्याकेट लगाएको थियो, त्यसमा पनि रगत थियो । हामीले थाहा पाउने कुरा भएन, तर रगत हेर्दा उसैले होकी भन्ने शंका लागेको थियो ।

मुना कार्की भान्छाकोठाभित्र टाउको र ढोका बाहिर ज्यान थियो । कुकरमा भन्छामा खाना पाकिरहेको थियो । कुकरभरि पनि रगतको छिटा थियो । कामदारको बाहिरबाट माथि जाने भ-याङमा थियो ।
केटाको घाँटीमा डोरी झुन्डिएको थियो, डोरी चुँडिएर लास तल परेको थियो । अर्जुन कार्की घाँटीमा फुलको माला लगाउनु भएको थियो, रुद्दाक्षको माला लगाउनु भएको थियो । उहाँ रोइरहनु भएको थियो ।

उहाँले हामी पुग्ने बित्तिकै भन्नुभयो, ‘हेरिबक्सेन हजुर म पशुपति गएको थिएँ, रुद्री लगाउन । पशुपतिको दर्शन गरेर आउँछु भनेर जानु भएको रे । फर्केपछि भित्र छिर्न खोज्दा गेट खुलेन । घण्टी बजाउनु भयो, सधैँ हर्न बजाएपछि ढोका खुलेन, सायद कामदार काम गर्न वा किनमेल गर्न गएको होला, श्रीमतिलाई माथिबाट आउन गाह्रो भयो कि भनेर आफैँ मोटरबाट वाहिर निस्केर गेट गोल्नुभयो । अनि मोटरभित्र ल्याएर कम्पाउण्डमा ल्याउनुभयो रे ।

गाडी पार्क गरेर भित्र पुग्ने वित्तिकै केटा झन्डिरहेको देख्नुभयो रे, डोरी चुँडिसकेको थिएन रे । उहाँलाई भान्सा कोठामा श्रीमतीसमेत देखेपछि उहाँ अत्तालिँदै बाहिर निस्कनुभयो । छोरालाई अर्काे डाइभरले स्कुल लिएर गएको थियो रे । छोरीहरु बाहिर छन् ।

कामदार विजय २२ वर्ष  उमेरको थियो, ५ वर्षदेखि बस्दै आइरहेको रहेछ । हामीले मुना जिवितै छन् जस्तो लागेर एम्बुलेन्समा स्टार अस्पताल पठायौं । अस्पतालले मृत घोषणा गरिदियो । यो एकदम दानवीय घटना भयो । कामदारलाई छोरा सरह राखेको देखिन्थ्यो । किन हत्या भयो ? केही थाहा हुन सकेन प्रहरीले अनुसन्धान गर्दैछ, केही खुलासा अवश्य होला !

प्रतिक्रिया दिनुहोस