सिड्नी । पपुआ न्यु गिनीमा आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्प निकै शक्तिशाली भए पनि कुनै सुनामीको चेतावनी दिइएको छैन ।
युएसजिएसका अनुसार पपुआ न्यु गिनीको राजधानीबाट करिब १२२ किलोमिटर दक्षिणस्थित कोकोपोलाई केन्द्र बनाएर स्थानीय समय अनुसार अपराह्न ४ बजे भूकम्प गएको थियो ।
अस्ट्रलियाली भूगर्भ वैज्ञानिक ट्रेभर आलेनले भूकम्पको गहिराई कम रहेकाले तटीय क्षेत्रका मानिसले भूकम्पको ठूलै झट्का महशुस गरेको हुन सक्ने बताउनुभयो ।
मानव बस्ती पातलो रहेको र घरहरुको बनावट भूकम्प प्रतिरोधी रहेकाले धनजनको क्षति कम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । पपुआ न्यु गिनी भूकम्पीय उच्च जोखिममा रहेको मुलुक हो । (रासस-एएफपी)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प
सिन्धुपाल्चोकमा मध्यरात भूकम्पको धक्का
गोरखा केन्द्रबिन्दु भएर भूकम्प
अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु
सङ्खुवासभाको मघाङ केन्द्रबिन्दु भएर भूकम्प
टर्कीमा भूकम्प, वृद्धाको मृत्यु, २९ जना घाइते