प्रत्येक घरमा छापा मार्दै कोरोना भाइरस संक्रमितको पहिचान गरिंदै

एजेन्सी

शनिबार, २५ माघ २०७६, १५ : ०५
प्रत्येक घरमा छापा मार्दै कोरोना भाइरस संक्रमितको पहिचान गरिंदै

एजेन्सी । बुहानमा गम्भीर रुप लिएको कोरोनाभाइरस संक्रमणसँग लड्नको लागि प्रशासनले आक्रमक शैली अपनाएको छ । बुहान प्रहरी अहिले घरमा छापा मार्ने शैलीमा कोरोनाभाइरस संक्रमित पहिचान गर्नको लागि घर घरमा पुगेर जाँच गरिरहेको छ । 

सरकारले प्रहरीलाई कोरोनाभाइरस संक्रमितलाई क्वारेन्टाइनमा राख्नको आदेश दिएको छ । तर यी सम्पूर्ण प्रयासका बावजुद पछिल्लो चार दिनमा संक्रमितको संख्या बढेर दुई गुणा भएको छ । 

स्थायी अस्पतालमा बिरामी
अधिकारीहरुले अहिले अस्पतालमा कम बेड संख्याको कारण विरामीलाई अस्थायी अस्पतालमा भर्ती गरिरहेको छ । 

बुहान खेलकुल रंगशाला, प्रदर्शनी केनद्र र नयाँ विल्डीङ कम्प्लेक्सहरुमा विरामीलाइृ एक ठाँउमा राखिएको छ । 

होङ्गाशान स्टेडियममा जाँचको लागि मेसिन नै जडान गरिएको छ । चिकित्सकका अनुसार यदी कसैलाई उपचारको आवश्यकता पर्यो भने तिनलाई बाँकीबाट अलग राखिन्छ । 
सामाजिक संजाललाई सरकारले चलाउने चर्चा

युनिर्भसिटी अफ हङकङसँग काम गरिरहेका स्वतन्त्र संस्था ‘द चाइना मिडिया प्रोजेक्ट’का अनुसार चिनिया प्रशासन समाजिक संजाल कम्पनीको कामकारबाहीबाट सन्तुष्ट छैन । 

समाजिक संजालबाट कोरोनाभाइरसको प्रकोपबारे धेरै दुष्प्रचार फैलिरहेको कुरामा सरकार असन्तुष्ट छ । 

रिपोर्ट अनुसार देशका केही ठूला प्रवधि कम्पनी सिनो वीबो, टेनसेन्ट र बाइडान्सलाई सरकारको नेतृत्वले चलाउन लागेको छ ।  सरकारी नियन्त्रणमा तिन वेबसाइटले संजालले कोरोनाभाइरसविरुद्धको लडाईमा सकारात्मक भूमिका निभाउने सरकारी स्रोतले बताएको छ ।