कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७२४ पुग्यो

एजेन्सी

शनिबार, २५ माघ २०७६, १३ : ४२
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७२४ पुग्यो

एजेन्सी । शुक्रबारमात्रै कोरोना भाइरसका कारण ८६ व्यक्तिको मृत्यु भएको छ ।संक्रमण सुरु भएपछि एकैदिन मृत्यु हुने यो सबैभन्दा ठूलो संख्या हो । शुक्रबार अबेर प्रकाशित तथ्यांक अनुसार रोगबाट ३४ हना। ४ सयभन्दा बढी संक्रमित भइसकेका छन् । 

यी तथ्यांकले कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न लागि परेका अधिकारीलाई केही निराश बनाएको छ । 

चीनमा अहिले भाइरसबाट प्रभावित शहरमा युद्धको जस्तो वातावरण देखिन्छ । सम्पूर्ण सवारी साधनहरु ठप्प छ, सडक सुनसान छ । चिकित्सकहरु घर घरमा गएर विरामीको ज्वारो नाप्न थालेका छन् । 

उता जापान र हङकङको बन्दरगाहमा रोकिराखेको दुई क्रुज जहाजमा कोरोना भाइरसबाट संक्रमित विमारी भेटिएपछि हजारौं यात्रु जहाजमै राकिएका छन् । एउटा जहाजमा संक्रमितको संख्या ६४ पुगिसकेको छ ।