१९ वटा खुट्टाका औला भएकै कारण गिनिज बुक रेकर्ड

शुक्रबार, २४ माघ २०७६, १७ : २१
१९ वटा खुट्टाका औला भएकै कारण गिनिज बुक रेकर्ड

भारत । भारतकी ६५ वर्षीया कुमारी नायकको १२ वटा हातका औला र १९ वटा खुट्टाका औला भएकै कारण गिनिज बुक रेकर्ड बनाउन सफल भएकी छन् ।

उडिसा राज्यको गञ्जाम जिल्लाको कडपड गाउँकी ती महिलाले वल्र्ड रेकर्ड बनाउन सफल भएकी हुन् । उनको हात खुट्टामा भएको औलाको बारेमा सामाजिक सञ्जालमा सार्वजनिक गरिएको थियो ।

यसअघि यो रेकर्ड भारत गुजरातका देवेन्द्र सुतारले राखेका थिए । उनको हात र खुट्टामा गरी २८ वटा औला रहेका थिए । उनको हात र खुट्टामा भएको औलालाई ‘एबनर्मल’ रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस