अख्तियारको फन्दामा परेका गच्छदारको यस्तो छ बयान

पत्रपत्रिकाबाट

शुक्रबार, २४ माघ २०७६, ०८ : ०१
अख्तियारको फन्दामा परेका गच्छदारको यस्तो छ बयान

काठमाडौं । ललितानिवास प्रकरणमा मु्छिएका विजयकुमार गच्छदारले अख्तियारलाई दिएको बयानः पटक–पटक विभिन्न मन्त्रालय हुँदै चार–पाँचपटक भौतिक योजना तथा निर्माण मन्त्रालयमा विभागीय मन्त्रीको हैसियतमा थिएँ ।

तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयबाट भएका निर्णयहरूको सम्बन्धमा ०६५–६६ मा तयार भएको गुरुयोजना कार्यान्वयन गर्ने प्रधानमन्त्रीको निर्देशनअनुसार मन्त्रिपरिषद्मा प्रस्ताव पठाउँदा गरेको हस्ताक्षर मेरो हो ।

विशिष्ट व्यक्तिहरूको निवास विस्तार गर्ने सम्बन्धमा तयार भएको गुरुयोजना लागू गर्नका लागि मेरो मन्त्रालयका सचिवले तयार गरी मसमक्ष पेस गरेको प्रस्ताव मन्त्रिपरिषद्मा लैजान स्वीकृति दिएको हुँ । नयाँ पत्रिकाले यो सामग्री छापेको छ ।

प्रतिक्रिया दिनुहोस