भारत । भारतको उत्तर प्रदेश राज्यको सीतापुर जिल्लामा विषालु ग्यास चुहावट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ ।
बिहीबार बिहानै जलालपुर गाउँस्थित एउटा गलैँचा उद्योगमा विषालु ग्यास चुहावट भएको हो । गलैँचा तथा कार्पेट रङ्ग्याउन प्रयोग हुने केमिकलबाट ग्यास चुहावट भएको आशंका गरिएको छ ।
विशाक्त ग्यासका कारण उक्त उद्योगमा रहेका सात जनाको मृत्यु भएको हो । मृतकमा तीन बालबालिका छन् । उनीहरुको परिचय खुलाइएको छैन ।
उक्त क्षेत्रका प्रहरी अधिकारी अजय रावतका अनुसार स्थानीय समयानुसार बिहीबार बिहान करिब ८ बजे ग्यास चुहावट भएको हो । विशाक्त ग्यासका कारण उद्धारमा समेत कठिनाई भएको उनले बताए । उनले तीन बालबालिकासहित सात जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
घटनास्थलमा प्रहरी, स्वास्थ्यकर्मी र प्रशासनको समूह पुगेको छ । विशाक्त ग्यासका कारण उद्योग आसपास कम्तीमा पाँचवटा कुकुर समेत मरेको बताइएको छ । केही अन्य चौपायाको समेत मृत्यु भएको स्थानीयबासीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २३ माघ २०७६, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
रुपन्देहीमा ग्यास सिलिन्डर विस्फोट, युवकको मृत्यु
ग्यास सिलिन्डर पड्किँदा आगलागी
पश्चिम बंगालमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु