काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले ललितानिवास जग्गा हिनामिना प्रकरणमा असहजता महसुस गरेको प्रतिक्रिया दिएका छन् ।
‘मन्त्री दोषी तर प्रम निर्दोष देखिँदा मैले पनि असहजता महसुस गरेको छु । सुर–असुर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी नीलकण्ठ बनेझैं देशलाई आवश्यक पर्छ भने म पनि नीलकण्ठ बन्न तयार छु । तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस्,’ भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्धले अघिदेखि फस्ने नहोस् ।’
‘देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललितानिवास प्रकरणमा अदुअआको प्रयत्न स्वागतयोग छ तर प्रथम दृष्टिय यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ,’ पूर्वप्रधानमन्त्री भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘हाम्रा ऐन कानून र राज्यसंयन्त्र परिणाममुखीभन्दा प्रक्रियामुखी बढी भएकाले यस्तो हुनसक्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ माघ २०७६, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्लाई अल्झाउँदा लोकतन्त्रलाई नोक्सान पुगेको छः पूर्वप्रधानमन्त्री भट्टराई
नेसपा नयाँ शक्तिको १०औँ स्थापना दिवस मनाउँदै
नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित
इजरायल—प्यालेस्टाइन युद्धबारे सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्छः भट्टराई