काठमाडौँ । एक महिला वैज्ञानिक घातक कोरोना भाइरसबाट मानिसहरूलाई बचाउन दिनरात काम गरिरहेकी छन्। स्कटल्याण्ड निवासी डा केट ब्रोडरिकले कोरोना भाइरसलाई निको पार्ने खोप बनाउन दिनरात लागिपरेकी हुन्।
टाइम्स रिपोर्टका अनुसार डा ब्रोडरिक एक रातमा जम्मा २ घण्टा मात्र सुतेकी छन् । ब्रोडरिकले २० वर्षदेखि खतरनाक रोगबाट जोगाउन विभिन्न खोपहरू तयार पार्दै आइरहेकी छन् । यसअघि उनी इबोला, जीका जस्ता घातक रोगको निदानको लागि औषधी बनाउन सफल भएकी हुन् ।
उनी अहिले मुसा र सुँगुरहरूमा आफैंले बनाएको खोपहरु परीक्षण गरिरहेकी छन्। टाइम्स रिपोर्टमा उनले भनिन् ‘म आफ्नो सबैको जीवनमा परिवर्तन ल्याउने काम गरिरहेको छु, अब कुनै हालतमा कोरोना भाइरसविरुद्धको खोप बनाएरै छाड्छु ।’
त्यसकै लागि डा. ब्रोडरिकले एक टीम तयार गरेकी छिन् र त्यही कामको चापले औसत रातमा जम्मा २ घण्टा मात्र सुत्ने गर्छिन् । दुई बच्चाकी आमासमेत रहेकी डा ब्रोडरिकले चीनको वुहानमा कोरोना भाइरसको प्रकोपको बारेमा सूचना पाएपछि खोप तयार गर्न लागेको बताइन् ।
टाइम्स रिपोर्टमा उनले भनिन्, ‘भ्याक्सिन डिजाइन गरेकै भोलिपल्ट, यसलाई तयारीका लागि कारखानामा पठाइएको थियो।’ डा ब्रोडरिकको टोलीले बिल गेट्सद्वारा समर्थित संस्थाबाट रकम पनि पाएकी छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २१ माघ २०७६, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै