कोरोना भाइरसबाट संक्रमित भएकी एक विरामीलाई सफलतापूर्वक निको पारेका थाईल्याण्डका चिकित्सकको भनाई

एजेन्सी

सोमबार, २० माघ २०७६, १३ : ३९
कोरोना भाइरसबाट संक्रमित भएकी एक विरामीलाई सफलतापूर्वक निको पारेका थाईल्याण्डका चिकित्सकको भनाई

एजेन्सी । थाईल्याण्डका चिकित्सकले आफूहरुले वुहान कोरोना भाइरसबाट संक्रमित भएकी एक विरामीलाई सफलतापूर्वक निको पारेको बताएका छन् । 

तिनले विभिन्न भाइरसको उपचारमा अहिले नै उपलब्ध औषधीलाई मिसाएर खान दिदाँ विरामीलाई सन्चो भएको जानकारी दिए । 

बैंककस्थित राजाभिथी अस्पतालका चिकित्सक डा. क्रियाङसक एतीपोर्नवानिचले अस्पतालमा उपचार गर्न चीनबाट आएकी एक ७१ वर्षे महिला भाइरसमुक्त भएको जानकारी दिए । 

डा.क्रियाङसकका अनुसार ती विरामी महिलालाई एचआईभीको उपचारमा प्रयोग हुने औषधी र फ्लू हुदाँ खाइने ओषधिको मिश्रण दिइएको थियो । 

‘म अत्यन्त जटिल अवस्थामा रहेकी विरामीको उपचारमा संलग्न थिएँ र परिणाम सकारात्मक आएको छ । ४८ घण्टाभित्रै विरामीको स्वास्थ्य अवस्थामा तिव्र सुधार भएको छ र परिक्षणको परिणाम पनि ४८ घण्टाभित्र पोजिटिभबाट नेगेटिभमा फेरिएको छ ,’ डा. क्रियाङसकले भने । 

अस्पताल प्रसासनले यो खबर सार्वजनिक गर्नको लागि पत्रकार सम्मेलन नै आयोजना ग¥यो । पत्रकार सम्मेलनमा अस्पतालका अधिकारीले निको भएको विरामीको स्वास प्रणालीमा अहिले कुनै भाइरस नदेखिएको बताए । 

उता, बेइजिङका अस्पतालहरुले केही विरामीलाई एचआईभी उपचारमा प्रयोग हुने औषधी दिएर निगरानी गरिरहेको थिए । तर यसले परिणाम बाहिर आएको छैन ।