छाउगोठ भत्काएको भन्दै नेकपा सांसदको आपत्ति

सफल खबर संवाददाता

शुक्रबार, १७ माघ २०७६, १२ : १४
छाउगोठ भत्काएको भन्दै नेकपा सांसदको आपत्ति

काठमाडौँ । नेकपा सांसदले कर्णाली प्रदेशका विभिन्न जिल्लामा सरकारले छाउगोठ भत्काएकोमा आपत्ति जनाएका छन् । सरकारले कर्णाली र सुदूरपश्चिमका छाउगोठ भएका जिल्लामा अभियान नै सञ्‍चालन गरेर छाउगोठ भत्काउने तथा छाउगोठमा महिला राख्नेलाई कानुनी कारबाही थालेको छ ।

गृह मन्त्रालयको उक्त अभियानप्रति भने नेकपा सांसद गजेन्द्रबहादुर महतले आपत्ति जनाउँदै शुक्रबार प्रतिनिधिसभा बैठकमा भने, ‘हाम्रो गृह मन्त्रालय छाउगोठको नाममा घर भत्काइएका छन्। ८ जना मान्छे होटेलमा मरेका छन्, अब होटेल भत्काउने ? हजारौं मान्छे बसमा मरेका छन्, त्यो बस जलाउने ?

महतले कर्णालीमा जाने नून र औषधिमा भ्रष्टाचार भएको भन्दै त्यस्तो गर्नेलाई कारबाहीको माग गरे। नून, औषधि बेचिएको छ, त्यसमा भ्रष्टाचार भएको छ। उनीहरूलाई समात्‍नु छैन। पुल र बाटोको बेहाल छ, ठेकेदार कहाँ छ ? पत्तो छैन। तिनलाई पक्राउ गरेर कारबाही गर्नु पर्दैन ?

प्रतिक्रिया दिनुहोस