हवाना । जमैका र पूर्वी क्युबाबीचको क्यारेबियन समुद्री क्षेत्रमा मङ्गलबार ७.७ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ, तर उक्त भूकम्पबाट कुनै मानवीय र भौतिक क्षति भएको छैन ।
भूकम्पको धक्का मेक्सिकोदेखि अमेरिकाको फ्लोरिडासम्मको विशाल क्षेत्रमा अनुभव गरिएको थियो ।
भूकम्पको केन्द्रविन्दु जमैकाको १३९ किमी टाढा उत्तरपश्चिम मोन्टेगो बे क्षेत्रमा केन्द्रित रहेको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्प स्थानीय समय अनुसार अपराह्न २ः१० बजे गएको थियो । भूकम्प समुद्रको भित्री सतहबाट करिब १० किलोमिटर गहिराईमा गएको थियो ।
क्युबाको राष्ट्रिय भौगर्भिक सेवाका प्रमुख डा एनरिक आराङ्गो आरियासले क्युबामा कुनै गम्भीर क्षतिको खबर प्राप्त नभएको बताउनुभयो ।
उक्त भूकम्पका शक्तिशाली परकम्पहरु केम्यान द्वीपमा पनि अनुभव गरिएको थियो । यी परकम्पहरु करिब ६.१ म्याग्नीच्यूडसम्मका रहेका थिए । लगातारका परकम्पका कारण स्थानीय विद्यालयहरु बुधबार बन्द गरिएका छन् । (रासस-एपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १५ माघ २०७६, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ताप्लेजुङमा भूकम्पको धक्का
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङ आसपास केन्द्रविन्दु भएर भूकम्प
मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प