निवर्तमान उपसभामुख तुम्बाहाङ्फे नेकपाको केन्द्रीय सदस्यमा मनोनित

सफल खबर संवाददाता

बुधबार, १५ माघ २०७६, ११ : ११
निवर्तमान उपसभामुख तुम्बाहाङ्फे नेकपाको केन्द्रीय सदस्यमा मनोनित

file photo

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांसद निर्वतमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । 

मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । नेकपा केन्द्रीय समिति बैठक बुधबार बिहान ११ बजे सुरु हुँदैछ । यही केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।

केन्द्रीय सदस्य बनेपछि आजको बैठकमा सहभागी हुन तुम्बाहाङ्फेलाई बाटो खुलेको छ । तुम्बाहाङ्फेले तत्कालीन एमालेको केन्द्रीय सदस्य थिइन् । उपसभामुख बनेपछि दलीय आबद्धता त्याग्नुपर्ने संवैधानिक प्रावधानअनुरूप उनले पार्टीको सदस्यता त्यागेकी थिइन् । तत्कालीन उपसभामुख रहेकी तुम्बाहाङफेले गत माघ ६ गते राजीनामा दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस