छोरीको गीतमा बाबु मदनकृष्णको स्वर

सफल खबर संवाददाता

शनिबार, ११ माघ २०७६, १५ : ४०
छोरीको गीतमा बाबु मदनकृष्णको स्वर

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी छोरी सराना श्रेष्ठलले गीत ‘पानी छाया’ ल्याएकी छन् । राजधानीमा एक कार्यक्रमकाबीच गीत सार्वजनिक गरिएको छ । 

मदनकृष्ण र सरानासँगै हरिवंश आचार्य, राजेन्द्र थापा, दीपाश्री निरौला, केदार घिमिरे लगाायतको उपस्थिति रहेको कार्यक्रममा गीतको भिडियो पनि देखाइएको थियो । भिडियोमा मदन र सरानासँगै केविश पाण्डे, आर्शिना भट्टराईको अभिनय रहेको छ । भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । 

गीत गायनमा सरानालाई उनका पिता मदनकृष्णले पनि साथ दिएका छन् । गीतमा राजेन्द्र थापाको शब्द, राजनराज शिवाकोटीको संगीत रहेको छ ।
कार्यक्रममा मदन कृष्ण श्रेष्ठले छोरीको स्वर सफा, शब्द उच्चारण क्लियर रहेको बताउदा हरिवंश आचार्यले सरानाको अभिनय र गायनमा राम्रो सम्भावना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस